:

क्रिसमशको अवसरमा प्रथम क्रिसमश कप प्रतियोगिता हुने

top-news

लिस्वन -क्रिसमशको अवसरमा लिस्वनमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । मनमैजु फुटबल क्लब र मेची महाकाली फुटबल क्लबको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितालाई प्रथम चिचिपापा क्रिसमश कप नाम दिइएको छ। 

आगामी डिसेम्बर २६ का दिन लिस्वनको ओलाइस स्थित क्लब भिक्टोरियामा हुने उक्त प्रतियोगितामा १२ टिमको सहभागीता टुङ्गो लागेको आयोजक मनमैजु फुटबल क्लबका संयोजक कमल खड्काले जानकारी दिए।

उनका अनुसार १२ टिमलाई चार समुहमा विभाजन गरिनेछ र प्रत्येक समुहबाट उत्कृष्ट दुइ टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछ । लिग चरण र क्वाटरफाईनलका प्रत्येक खेल १५-१५ मिनेटको हुनेछ भने सेमिफाईनल र फाइनल २०-२० मिनेटको हुनेछ। 

प्रतियोगिताको विजेताले २ हजार ५ सय युरो र उपविजेताले १ हजार २ सय पचास युरो पाउनेछ भने, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र फेयर प्ले विधामा पनि पुरस्कार प्रदान गरिने खड्काले जानकारी दिए। 

गोलनेपाल डककमबाट प्रत्यक्ष प्रसारण हुने
यसैगरी आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपालको लोकप्रिय फुटबल पोर्टल गोलनेपाल डट कमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ।
पहिलो पटक नेपाल बाहिर नेपाली समूदायले आयोजनका गरेको कुनै पनि प्रतियोगिता नेपालको एक लोकप्रिय फुटबल पोर्टलबाट प्रत्यक्ष प्रसारण हुन लागेको हो।
यसले प्रतियोगिताको लोकप्रियता र प्रतियोगिताको विश्वव्यापीकरणमा ठूलो सहयोग पुग्ने आशा गरिएको आयो।

https://www.namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *