:

नवलपुर समाज पोर्चुगलको आयोजनामा अंग्रेजी नयाँ बर्ष जनावरी १ मा नेपाली टोपी दिवस मनाइने

top-news

पछिल्लो समय पोर्चुगलमा निकै जागरुक सस्थाको रुपमा चिरपरिचित नवलपुर समाज पोर्चुगलको आयोजनामा  टोपी दिवस मनाइने भएको छ।

अंग्रेजी नयाँ बर्ष २०२४ को अवसर पारेर सो कार्यक्रम गर्न लागिएको हो।आफ्नो संस्कृती,परम्परा ,चलिआएको चलनलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सस्थाका महासचिव अनन्त तिवारीले बताए।

कार्यक्रम भोलि दिउँसो लिस्वनको अलमेदा पार्कमा हुने जनाइएको छ।

दिउँसो ३ बजे उक्त कार्यक्रम  आयोजना गर्न लागिएको सस्थाका अध्यक्ष प्रेम बुढाप्रीतीले जानकारी दिए।

सो अवसरमा पोर्चुगलमा क्रियासिल सम्पूर्ण संघ-सस्था,व्यसायी,पत्रकार एवं सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि आग्रह गरिएको छ।

https://www.namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *