:

नेपाली युवा क्लब जेद्दाले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गर्‍यो

top-news

 सम्पर्ण रम्जान,साउदी:  १३ अप्रेल २०२४! ईस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र तथा नेपाली बिक्रम संम्बत २०८१ को पावन अवसर पारेर  नेपाली युवा क्लब जेद्दाले १२ अप्रेल २०२४ शुक्रबारका दिन जेद्दामा शुभकामना आदानप्रदान तथा नेपाली  सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ। 

क्लबका अध्यक्ष राम थापाको सभापतित्वमा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्ले को प्रमुख आतिथ्यमा क्लबका महासचिव नर कुमार मगर द्वारा संचालित उक्त कार्यक्रममा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु, बरिस्ठ  समाजसेवी भिम गुरुङ, एनआरएनए एनसिसि उपाध्यक्ष राज गिरि, आरसिसि  अध्यक्ष डिपि अर्याल,समाजसेवी  रामराधा घिमिरे, ईस्लामिक दावा सेन्टर सनैयाका प्रतिनिधि मन्जुर अलि मियाँ, आरसिसि अल कासिम पुर्व अध्यक्ष रम्जान दिन मियाँ, हातेमालो युवा क्लब जेद्दाका अध्यक्ष खेमराज कार्की, ग्लोबल आइएमइका बजार प्रतिनिधी प्रदिपजङ् के.सि, सिन्ध मेलम्ची होटलका संचालक  रामसिङ तमाङ ले अतिथिको आशन ग्रहण गरेका थिए। 

नेपाली राष्ट्रिय धुनको गुन्जयमान सँगै सुरु गरिएको उक्त कार्यक्रममा क्लब स्थापना देखि अहिले सम्म क्लबले गरेका श्रमिक हक हितका सामाजिक कार्यप्रगती विवरण क्लबका महासचिव नर कुमार मगरले स्लाइडमा देखाएका थिए।

बिदेश तथा स्वदेशमा  समेत  अनगिन्ती समाजसेवा गरिएका स्लाइड हरु प्रस्तुत हुँदा युवा क्लबलाई सम्पुर्ण अतिथिद्वारा सम्मान गरेका थिए। 

उपस्थित अतिथि तथा प्रमुख अतिथिहरुले इद तथा नेपाली नयाँबर्ष २०८१ को शुभकामना मन्तव्य दिदैँ क्लबको कार्य प्रती खुशी व्यक्त गर्नु भएको र  स-सम्मान रुपमा अझै  अगाडि बढ्न हौसला र क्लबको सफलताको लागि  शुभकामना दिनु  भएको थियो।

अतिथिको मन्तव्य सँगै सभापति थापाले कार्यक्रम सफल बनाउन उपस्थित हुनुभएका दाजुभाइ दिदिबहिनीहरु तथा  शुभकामना दिनुहुने अतिथिहरुलाइ धन्यवाद ज्ञापन गर्दै पहिलो चरणको कार्यक्रम समापन भएको थियो।

कलाकारहरुको बेजोड प्रस्तुति सहित सुरु भएको दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपाली कल्चर डान्स ग्रुप जेद्दाका कोरियोग्राफर धिरज मगर को संयोजकत्वमा अनगिन्ती स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरि दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिएका थिए।

यसै गरि गायकहरु बिनोद न्यौपाने,  रोसन दियाली, धन तमु,आकाश राई हरुले गित गाएर दर्शकहरुलाइ मनोरञ्जन दिएका थिए। 

काठमाडौ होटेल बलाद जेद्दा, ग्लोबल आइएमइ बैंक तथा सिन्ध मेलम्ची नेपाली होटेल को प्रमुख प्रायोजनमा संचालित उक्त कार्यक्रम संचालन मा अन्य समाजसेवीहरुले पनि आर्थिक सहयोग गरेका थिए।

कार्यक्रममा कलाकार तथा समाजसेवी साथै सहयोगीहरुलाई क्लबले  मायाँको चिनो सहित प्रमाणपत्रले सम्मान गरेको थियो भने उत्कृष्ट समाजसेवी भिम गुरुङ र राज गिरि तथा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्लेलाइ दोसल्ला ओडाएर स-सम्मान कदर पत्र प्रदान  गरेका थिए। 

उपस्थित दर्शकहरु तथा अतिथिहरुलाइ क्लबले विविध मनोरञ्जनका साथमा नेपाली खाना खुवाएर स सम्मान बिदाइ गरेको थियो ।

https://www.namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *