:

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन हुने,अधिवेशनमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने

top-news

पोल्यान्डमा स्थापित नाम मध्येको एक सामाजिक सस्था हो गुल्मी समाज पोल्यान्ड।

लोककल्याणकारी कार्यमा अग्रभागमा रहेको गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन हुने भएको छ।

आगामी डिसेम्बर २५ तारिखमा सो अधिवेशन गर्न लागिएको समाजका अध्यक्ष विदुर शर्माले जानकारी दिए।

अधिवेशनलाई भब्य र सभ्य बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजका क्रियासिल सदस्य बिजु खरेलले नमूना नेपाललाई बताए।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने र समाजलाई थप क्रियासिल बनाउने बताइएको छ।

अधिवेशन अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्न लागिएको छ।स्थानिय कलाकार सन्तोष अधिकारी,गोकुल खरेल,विशाल सापकोटा र सुरज हिताङले समधुर स्वर मार्फत उपस्थित दर्शकलाई झुमाउने छन्।

त्यसैगरी स्थानीय  कलाकार बिजु खरेल,मानभी मगरले नेपाली भेषभुसामा सजिएर उत्कृष्ट नृत्यमा दर्शकलाई नचाउने छन्।

उद्घोषण कलाका धनी सुशन परियार (विसर्जन )ले कार्यक्रम संचालन गर्नेछन्।कार्यक्रम वार्साको चर्चित रेस्टुरेन्ट हिमालय यति रेस्टुरेन्टमा हुने बताइएको छ।

अधिवेशनमा सम्पूर्ण गुल्मेली सहित समस्त नेपालीहरुलाई उपस्थित हुन आयोजकले विशेष आग्रह समेत गरेका छन्। नमूना नेपाल परिवार अधिवेशन सफलताको भब्य शुभकामना व्यक्त गर्दछौं ।

https://www.namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Roger Applebaum

Hello Dear Get 1000s of Backlinks on AUTOPILOT for your site http://namunanepal.com Generate 1000s Backlinks For Your Blog's Page, Websites Etc On Autopilot Get Faster Indexing For Your All Webpages Skyrocket Your SEO Rankings By Building More Backlinks on AUTOPILOT Get More Search Visitor for Sale Only $14.95 No Special Skills or Experience Required Money Back Gurantee For other info Visit at: https://bit.ly/3HFvtmx