:

शालिन मृत्यु प्रकरण:शालिनको बलात्कार नभएको पोस्टमार्टम रिपोर्टमा उल्लेख

top-news

चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको देखिएको छ।

प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पाइएको हो।

गत १० फागुनमा शालिन विद्यालयको छात्रावासको कोठामा सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन्। उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो।

मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान थालिएकाे छ।

https://www.namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *