:

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

top-news

काठमाडौं । अभिनेता दयाहाङ राई र सौगात मल्लको आगामी फिल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ । माघ २६ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको टिजरले फिल्मबारे महत्वपूर्ण खुलासा गर्छ ।

टिजरमा सौगात र दयाहाङसहित प्रमुख कलाकारहरु उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङलाई चित्रण गरिएको छ । टिजरमा उपासनालाई दयाहाङकी लभ-इन्ट्रेस्टको रुपमा दर्शाइएको छ भने सौगातको राजा अवतार पनि प्रस्तुत छ ।

यसबाहेक फिल्ममा बेनिशा हमाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रियर राई लगायतको पनि अभिनय छ ।

सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा छ । यो फिल्म माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मले सामाजिक र राजनीतिक कथालाई रोचक तरिकाले भनेको निर्माणपक्षले बताएको छ ।

रेड बर्ड प्रोडक्सनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्ममा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् ।

https://www.namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *